Logo

काँग्रेस बागमती प्रदेशमा कसैको बहुमत आएन, बाँनिया र केसीबीच पुनः प्रतिष्पर्धा



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् । रातभर मतगणना हुँदा संस्थापन पक्षका इन्द्र बाँनिया पहिलो र संस्थापन इतर समूहका जगदीश्वरनरसिंह केसीले दोस्रो भए । सिटौला पक्षका भीमसेनदास प्रधान तेस्रो भई प्रतिष्पर्धाबाट बाहिरिए ।

खसेको मतमध्ये बाँनियाले ९९२ र केसीले ८७२ मत प्राप्त गरेका थिए । प्रधानले १९७ मत ल्याए । अब दोस्रो चरणमा हुने मतदानमा भीमसेनदास प्रधानलाई खसेको मत निर्णायक हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्