Logo

हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको दलको अध्यक्ष जनजाति भएपछि…



काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र र राजसंस्था मूल मुद्दा बनाएको मूलधारको ठूलो दल हो । यो दलको अध्यक्ष पहिलोपटक जनजाति भएका छन् । त्यो पनि निर्वाचित । राजेन्द्र लिङ्देनको अध्यक्षमा उम्मेदवारी एउटा साहस थियो । उनले साहस गरे र चुनाव जिते ।

जनजातिहरुमा हिन्दु धर्मप्रति विकर्षण बढेको विषय उठिरहँदा जनजाति नै हिन्दु धर्मको मुद्दा बोकेको दलको अध्यक्ष भएका छन् । यसले नेपालको राजनीतिमा ठूलो अर्थ राख्छ ।

अब नेपालमा हिन्दुराष्ट्रको मुद्दा उठाउनेको नेता पनि जनजाति नै भएका छन् । यसले राजनीतिमा नयाँ तरङ्ग ल्याउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्