Logo

राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित



काठमाडौं, १९ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर चन्दका छोरासम्म निर्वाचित भएका छन् ।

पुरुष तथा महिला खुल्ला तर्फ तीन नम्बरमा पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्र चन्दका छोरा जयन्त चन्द १८८६ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती ३४औं नम्बर १२५८ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् । त्यसैगरी एन्फा पूर्वअध्यक्ष गणेश थापाका छोरा अभिषेक थापा २३औं नम्बरमा १३२७ मतसहित निर्वाचित भएका छन् । महिला खुल्ला तर्फ कमल थापाकी छोरी २३औं नम्बमा प्रतिष्ठा थापा १५३० मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्