विपिन देव: चीनको आर्थिक प्रगति विश्व समुदायका लागि एउटा अनुपम उदाहरण भएको छ । भू-मण्डलीकरण र खुला अर्थतन्त्रको प्रचूर मात्रामा उपयोग र उपभोग गरेर चीन एउटा महाशक्तिको रुपमा उभिएको छ । सोभियत रुस जस्तो कम्युनिष्ट सिद्धान्त र दर्शनलाई अरु देशहरूमा प्रत्यारोपण गर्ने चिनियाँ नीति रहेको छैन । तर चीनको परराष्ट्रनीतिबाट विश्व समुदाय प्रभावित देखिन्छ । चिनियाँ परराष्ट्र नीतिको प्रयोगलाई पश्चिमा सञ्चार माधयमले “बुल्फ वारीयर डिप्लोम्यासी” भन्ने गर्दछ ।
चीनको परराष्ट्रनीति चिनियाँ राष्ट्रवादको भाष्यले परिचालित गरेको छ भने चीनियाँ राष्ट्रवादलाई चिनियाँ कम्यूनिष्ट पार्टीको सिद्धान्तले निर्देशित गरेको देखिन्छ । चीनले विश्व भरी छरिएका चिनियाँ समुदाय (चीनिया डाइसपोरा) को माध्यमबाट चिनियाँ संस्कृति र महत्वाकांक्षालाई अगाडि बढाउन विभिन्न किसिमको योजना र नीतिहरू पनि अघि बढाएको छ । विगत १५ वर्षदेखि होलिउड सिनेमामा चीनिया पात्रलाई खलनायकको रुपमा प्रस्तुत गरेको छैन । कन्फुसियस स्कूलको माध्यमबाट चीनले आप्mनो राष्ट्रिय महत्वांकक्षालाई यूरोप र अमेरिकामा पैmलाइरहेको छ । बेला बखतमा यूरोप र अमेरिकामा कन्फ्युसियस स्कूललाई जासुसी गरेको र तथ्याङ्क चोरी गरेको पनि आरोप लागेको छ । चीनले एसियन पूर्वाधार वैंकको माध्यमवाट पनि आप्mनो आर्थिक महत्वाकांक्षाको प्रत्याभूति गरेको देखिन्छ ।
तर, चीनले लिएको नीतिवाट उदियमान अर्थतन्त्रहरू आक्रान्त भएका छन् । अष्ट्रेलिया, नर्वे, स्वीडेन, दक्षिण कोरिया क्यानाडा लगायत देशहरू चिनियाँ कर प्रणालीबाट प्रभावित भएका छन् । यी मुलुकहरूको अर्थव्यवस्थामा नकारत्मक असर पनि परेको छ । जानकारहरूका अनुसार चीनिया कर प्रणालीवाट चीनलाई पनि लाभ छैन । चीनमा लगानी गरेका यूरोप र अमेरिकाका व्यापारिक घरानाहरूले आप्mनो लगानी विस्थापित गरिरहेको अवस्था छ । सनु २०१५ देखि एक चौथाई पू‘जी चीनबाट विस्थापित भइसकेको अवस्था छ । भूमण्डलीकरणको प्रभावले विकसित भएको मध्यम वर्ग चिनियाँ बजारमा निवेष गर्न अभिरुचि घटाइरहेको छ । चीनको आर्थिक विकासको आधार नै सामुद्रिक मार्ग रहेको छ । आर्थिक र सैनिक रुपले चीन अब्वल भए तापनि चीन उर्जा, खाद्यान्न, प्रविधि र बजारमा अरु देशहरू प्रति निर्भर छन् ।
३१ प्रतिशत चामल, ५९ प्रतिशत सिमेन्ट, सेमी डक्टर लगायत विभिन्न उपकरणहरू चीनले विश्व बजारबाट आयात गर्दछ । तर, चीनको सामूद्रिक बाटो सैनिकीकरण र हतियार भण्डारणको क्षेत्रमा परिणत भएको छ । जापानसँंगको सिकाकु टापुको विवाद, पूर्वीय र दक्षिण चीन सागरको विवाद, हंककङ्ग र ताइवानको विवाद, फिलिपिन्स लगायत आसियान मुलुकहरूसंग विवादको पराकम्पन सामुद्रिक मार्गमा पनि देखिन्छ । जिभुती र ग्वादरमा चीनिया सैनिक अड्डाको महत्वपूर्ण पकड भए तापनि हिन्दमहासागरीय क्षेत्रमा अमेरिका, भारत, जापान र अष्ट्रेलियाको वर्चस्व देखिन्छ । दक्षिण चीन सागरमा चीनको व्यापक पकड देखिए तापनि अमेरिका लगायत यूरोपेली यूनियनका मुलुकहरू पनि आप्mनो अस्त्र(शस्त्र भण्डारण गरिरहेको अवस्था छ । चीनले वोर्डरको समस्यालाई सम्प्रभुतासंग जोडेको देखिन्छ । वोर्डरको समस्या वार्ता र विमर्शवाट सामाधान गर्न सकिन्छ । तर संप्रभुतासंग जोडिएको ह‘ुदा वार्ता र विमर्शको कुनै ठाउ‘ रहदैन ।
भूटान र भारतसँग यी कारणले गर्दा तनाव शिथिलीकरण भइरहेको छैन । डोकलामदेखि गलवानसम्म अनेकौ वार्ताहरूलाई महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न सकेको छैन । यसका केही आयामहरू छन् । सन् १८९५ मा जापानसंग पराजित भए पछि चीनिया मानसपटलमा हीनताको वोध प्रचूर मात्रामा भएको थियो । सिंगापुरका सामरिक जानकार किशोर मेहवुवानीले चिनियाँ हीनतावोधको ग्रन्थीलाई विकास र प्रगतिको उर्जामा रुपान्तरण गर्नु चिनियाँ कम्युनिस्ट पार्टीको उत्तम प्रयाग भएको कुरा उल्लेख गरेका छन् । माओले हिनता वोधलाई कम्यूनिष्ट सिद्धान्त अनुरुप वर्ग संघर्षको चस्मावाट व्याख्या गर्ने गर्थे । माओको विचारको गहिरो प्रभावको उदाहरण चीनिया जनमानसभा देखिन्छ । सन् १९५० देखि सन् १९९० सम्म चीनिया हीनता वोधको वारेमा प्रकाशनहरू पाइदैन । सन् १९९२ देङले चिनियाँ हीनताबोधलाई एउटा भाष्यको रुपमा उठान गरे । अर्थात् राष्ट्रिय शिक्षा कार्यकर्मको नीति अनुरुप चीनिया युवा पुस्तालाई चीनिया कम्युनिष्टको नेतृत्वमा भएको उपलब्धिको लाभांश प्राप्त गर्नको लागि हिनताबोध वा विश्व शक्ति केन्द्रहरूले चीनलाई गरेको दमन र शोषणलाई आधार बनाई धेरै प्रकाशनहरू सार्वजनिक गर्न लगाए । वर्तमान परिवेषमा चीनिया कम्युनिष्ट पार्टीको महत्वपूर्ण चुनौति नै आन्तरिक व्यवस्थापन हो ।
चीनले सैनिक भन्दा बढि खर्च प्रहरीमा गर्ने गर्दछन् । अर्थात् चीनले आन्तरिक व्यवस्थापन र घरेलु मामिलालाई परराष्ट्रनीतिसंग जोड्दै चीनिया जनता मानसिकतालाई नयॉ राष्ट्रवाद तिर उन्मुख गराउन खोज्दछ । चीनिया कम्युनिष्ट पार्टीले धार्मिक नेताहरूलाई पनि सरकारी नियन्त्रणमा राख्न सन्यन्त्र बनाएका छन् । अर्थात् विभिन्न धार्मिक आस्था भएका धर्म गुरुहरू पनि कुनै न कुनै रुपमा कम्युनिष्ट पार्टीको छत्र छायामा रहेको देखिन्छ । दलाई लामा लगायत तिब्वती बुद्ध धर्मालम्वीहरूप्रति चीनिया कम्युनिष्ट पार्टी बढि सचेत र सर्तक रहेको देखिन्छ । दलाई लामा जीवनको उत्तराद्र्धमा बाँचिरहेका छन् । नयॉ दलाई लामाको घोषणा पनि कम्युनिष्ट पार्टीको अनुमोदनमा हुनु पर्ने तर्क पार्टीको रहेको छ । अर्को शब्दमा भन्ने हो भने धर्मलार्य राजनीतिको पूर्ण नियन्त्रणमा राखेर कम्युनिष्ट पार्टीले एउटा नयॉ प्रयोग गरेको छ । मुस्लिम र अल्पसंख्यकहरूको दमन र धार्मिक स्वतन्त्रताको अपहरणमा कहलिएका कटरपन्थी नेताहरूले पनि वोल्ने ऑट गरेको छैनन् । चीनले पाकिस्तान, इरान, उत्तर कोरिया, वर्मा लगायत गैर प्रजातान्त्रिक तरिकाले शासन गरिरहेको शासकहरूसंग सघन सम्बन्ध र सम्र्पक बनाएर आप्mनो राष्ट्रिय उद्देश्य पूरा गरेको छ ।
चिनियाँ नीतिले नै गर्दा विश्व रङ्गमञ्चमा नयॉ गठवन्धन र समीकरण निर्माण भइरहेको छ । चीनिया नीतिले गर्दा फिलिपिन्स र अमेरिको सम्वन्ध पुरानै ठाउ‘मा आएको छ अर्थात् फिलिपिन्सलाई अमेरिकाले आप्mनो सुरक्षा कवचमा राखेको छ । अष्ट्रेलियाले आप्mनो सैनिक खर्चमा वार्षिक १० प्रतिशतले वढोत्तरी गरेको छ । साथ साथै एउटा नयॉ गठवन्धनको साझेदार पनि बनेको छ । अर्थात् अक्सको गठवन्धन (अष्ट्रलिया, विट्रेन र अमेरिका) मा अष्ट्रलिया पनि सहभागिता भएको छ । चिनियाँ नीतिले नै गर्दा क्वाड (अमेरिका, अष्ट्रेलिया, जापान भारत)को सक्रियता बढेको छ । हिन्दमहासागरीय क्षेत्रमा विभिन्न सैनिक अभ्यासहरू हुनु र आसियान अमेरिका, युरोपेली युनियन र भारतको विचमा सघनता बढ्नु नै चिनियाँ सामरिक नीतिको पराकम्पन हो । चीनिया नीतिले नै गर्दा शक्ति धुव्रीकरणको तीव्रता बढेको देखिन्छ ।