Logo

६९ लाख रुपैयाँ सहित युवक पक्राउ



काठमाडौं, २० मंसिर । स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाई राख्ने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्