Logo

अमेरिकामा राष्ट्रपति पदका पूर्व उम्मेदवार बब डोलको निधन



२० मङ्सिर : सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति जो बाइडेनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले डोल ‘प्रिय मित्र’ र ‘आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ’ रहेको बताएका छन् ।

डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर थिए । राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका गरेका थिए । उनी दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत रहेको यसै क्रममा झन्डै उनले ज्यान गुमाउनु परेको समाचारमा जनाइएको छ ।

डोलको निधनको खबर उनकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो । जसमा उनले ७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेको उल्लेख गरिएको छ ।सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले “आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ“ भनेका छन् ।

पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले डोलले ‘अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको प्रष्ट पारेका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले डोललाई ’ युद्ध नायक, राजनीतिक नेता र एक राजनेता“ को सङ्ज्ञा दिएका छन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्