Logo

पूनः मतगणना नगरिए अदालत जाने गुरु घिमिरेको घोषणा



काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापासँग २ मतले पराजित भएका गुरु घिमिरेले पूनः मतगणनाको माग गरेका छन् । घिमिरेले आफूले पूनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्। यसबारे केन्द्रले टुंगो गर्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

निवेदन दिएको जनाए । पूनः मतगणना नभए आफू उच्च अदालत जाने तयारी गरेको पनि घिमिरेले पत्रकार ऋषि धमलालाई जानकारी दिए । घिमिरे पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता मानिन्छन् ।

उनी संस्थापन पक्षका थापासँग जम्मा २ मतले पराजित भए । आज (सोमबार) बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्