Logo

आन्दोलनकै बीचमा नेपाल बारलाई युएनडिपीले १८ करोड दिएको अधिवक्ता पोखरेलको टिप्पणी



काठमाडौं, २० मंसिर । नेपाल बारको आन्दोलनमा विदेशी सहायता आएको आरोप लगाउन थालिएको छ । अधिवक्ता भूपेन्द्र पोखरेलले आन्दोलनकै बीचमा नेपाल बारलाई किन युएनडिपीले १८ करोड रूपैयाँ दिएको ? भनेर प्रश्न उठाएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेशुबकमार्फत यस्तो प्रश्न उठाएका हुन् ।

उनले लेखेका छन्आ-“आन्दोलनकै बिचमा नेपाल वारलाई किन दियौ UNDP ले १८ कराेड रूपैयाँ …? वारको आन्दोलन रोक्न कि चर्काउन ..? जय शम्भु १ मङ्सिर २० ” बारको आन्दोलनमा विभिन्न एनजिओ तथा एनजिओहरुले चलखेल गरेको र भित्री रुपमा सघाएको आरोप लाग्दै आएको थियो ।

अधिवक्ता पोखरेलले महाअभियोग लगाउने खेलमा लाग्दा पार्टीलाई हैन अन्य न्यायाधीशलाई पनि खतरा हुने टिप्पणी गर्दै आईरहेका छन् । उनले न्यायलय बचाउन न्यायाधीश एक हुनुको बिकल्प नभएको पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्