Logo

‘बिइङ ह्युमन’ले भन्यो- स्रोत नखुलेको होइन, जग्गा किन्न लिएको ऋण र आम्दानी रकम हो



काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले सोही पसलका मनेजेरलाई ६९ लाख ५० हजार रूपैयाँसहित हिरासतमा लिएपछि बिइङ ह्युमनले स्रोत नखुलेको भनिएको रकम जग्गा किन्न ऋण लिएको र आम्दानी भएको प्रस्ट्याएको छ ।

काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय बिइङ ह्युमन कपडा पसलका मनेजेर होरोसी खनाललाई शुक्रबार प्रहरीले हिरासतमा लिएको थियो । सोमबार एक विज्ञप्ति जारी गर्दै नखुलेको भनिएको साढे ६९ लाख नगद जग्गा किन्नको लागि सहकारीबाट ऋण लिएको र पसलको व्यापारबाट आर्जित रकमलाई स्रोत नखुलेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको स्पष्ट पारेको छ ।

त्यसको स्पष्ट स्रोत खुलेको र आवश्यक कागजात र प्रमाणसहित कानुनी उपचार लिन लागिएको समेत उल्लेख गरिएको छ । ‘यस संस्थालाई बदनाम गरी आफ्ना केही निजी स्वार्थपूर्ति गर्ने कार्यमा संलग्नहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीको लागि समेत संस्थाले आवश्यक कदम चाल्ने सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

‘‘बिइङ ह्युमन’का म्यानेजर स्रोत नखुलेको लाखौँ रकमसहित पक्राउ’



प्रतिक्रिया दिनुहोस्