काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसले आगामी मंसिर २४ गतेबाट हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेवसाइटमार्फत कांग्रेसले ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।
महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमााडौंको भृकुतिमण्डपमा हुँदैछ । देशभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी छ । प्रतिनिधी र पाहुनाको लागि होटलको समेत बन्दोबस्त गरिसकेको छ ।