Logo

सहमति हुन नसके प्रजातान्त्रिक प्रक्रिया(चुनाव)बाट प्रतिस्पर्धामा जान्छौँ : सभापति देउवा



काठमाडौँ, २३ मङ्सिर। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । १४औंँ महाधिवेशन सभापतिमा पुनः दावी गर्दै आएका देउवाले सहमति हुन नसके प्रजातान्त्रिक प्रक्रिया (चुनाव)बाट प्रतिस्पर्धामा जाने स्पष्ट पारे ।

आज (बिहीबार) डा. प्रकाशहरण महतले लेखेको पुस्तक नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक सार्वजनिक गर्दै देउवाले प्रतिस्पर्धाबाट हुने हार–जीतलाई स्वाभाविक रुपमा लिर्नुपर्ने बताए । उनले भने, ‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौँ । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ । यसलाई सामान्य प्रक्रिया मानेर कुनैपनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस् ।’

१४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै उनले भने, ‘यसलाई सफल पारेर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।’



प्रतिक्रिया दिनुहोस्