Logo

माओवादीको कानुन विभागमा बार अध्यक्ष श्रेष्ठदेखि पूर्व न्यायाधीशसम्म



काठमाडौं, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)काे कानुन, न्याय तथा मानवअधिकार विभागमा नेपाल बार एसाेसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्वन्यायाधीशहरू अटाएका छन् । श्रेष्ठ तिनै हुन् जसले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे आन्दाेलनकाे माेर्चा सम्हालिरहेका छन् ।

पूर्वमहान्यायधिवक्ता मुक्तिनारायण प्रधानले नेतृत्व गरेको ३५ सदस्सीय कानुन विभागमा बहालवाला अध्यक्ष श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ ।

विभागको तेस्रो बरियतामा रहने गरी श्रेष्ठलाई जिम्मेवारी दिइएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी परिपत्रमा उल्लेख छ । माओवादीको उक्त विभागमा अर्का पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठसहित पूर्वन्यायाधीशद्वय ए. मिकरानी भि चाैलागाईँलाई पनि जिम्मेवारी तोकिएको छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्