तमिलनाडू, मंसिर २३ । भारतीय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला परेको छ । भारतीय वायु सेनाको टोलीले बुधबार दुर्घटनाग्रस्त एम आइ १७ हेलिकोप्टरको ब्ल्याक बक्स फेला पारेको जनाएको हो ।
भारतीय संचारमाध्यमहरुका अनुसार उक्त ब्ल्याक बक्स फेला परेपछि हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न सहज हुने बताइएको छ । ब्ल्याक बक्समा उडानको समयमा हेलिकोप्टरसँग सम्बन्धित सबै प्रकारका गतिविधि रेर्कड भएको हुन्छ ।
भारतीय सेनाको उक्त हेलिकोप्टर दुर्घटना हुँदा भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो । दुर्घटनामा जोगिन सफल एकजनाको सैनिक अस्पतालमा उपचार भईरहेको छ ।