Logo

शेरबहादुरजस्तो नेता विमलेन्द्र निधिसँग प्रतिष्पर्धामा उत्रिनु ठीक छैन् : विमलेन्द्र निधि (भिडिओसहित)



काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका उपसभापति एवम् १४औं महाधिवेशनमा सभापतिका उम्मेद्धवारी दिने घोषणा गरेका विमलेन्द्र निधिले आफू कुनैपनि हालतमा सभापतिको उम्मेद्धवारबाट ब्याक नहुने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तोब ताएका हुन् ।

उनले भने,‘शेरबहादुर देउवाजस्तो नेता अब विमलेन्द्र निधिसँग प्रतिष्पर्धामा उत्रिनु ठीक छैन् । रामचन्द्र पौडेलजस्तो नेता अब प्रकाशमान सिंहसँग प्रतिष्पर्धामा उत्रिनु पनि ठीक छैन् । उहाँहरुले दिनुपर्ने कुरा दिईसक्नुभयो । पाउने कुरा पनि पाईसक्नुभयो ।’

उनले आगामी निर्वाचनपछि कांग्रेसको एकल बहुमतको सरकार बनाउनुपर्नेमा आफ्नो जोड रहेको सुनाए । उनले अब आउने चुनावबाट गठबन्धनको सरकार आओस भन्ने आफ्नो एजेण्डा नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्