Logo

भारतीय रक्षामन्त्री सिंह हेलिकोप्टर दुर्घटनाबारे लोकसभामा बोल्दै भने-‘हेलिकोप्टर दुर्घटनाबारे छानविन सुरु’



एजेन्सी, २३ मङ्सिर। भारतीय रक्षामन्त्री राजनाथ सिंहले सेनाको हेलिकोप्टर दुर्घटनाबारे लोकसभामा बोलेका छन् । उनले भारतीय चिफ अफ डिफेन्स स्टाफ( सीडीएस) विपीन रावत सवार हेलिकोप्टर दुर्घटनाबारे छानविन सुरु भएको जानकारी गराएका हुन् ।

रक्षामन्त्री सिंहले हेलिकोप्टर दुर्घटनाबारे त्रिपक्षीय छानविन गर्न आदेश दिएको लोससभालाई जानकारी दिएका छन् । अनुसन्धानको नेतृत्व एयर मार्शल मानवेन्द्र सिंहले गर्नेछन् । रक्षामन्त्री सिंहले अनुसन्धान टोली शुक्रबारनै दुर्घटनास्थल पुगेको जानकारी गराएका थिए । भारतीय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला परिसकेको समेत जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्