Logo

डा. अमरेशकुमार सिंहको टिप्पणी : ‘अहिले ७० वर्ष कटेका नेताहरुले आफ्नो वर्तमानको लागि कांग्रेसको भविष्य दाउमा लगाईरहेका छन्’ (भिडिओसहित)



काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अमरेशकुमार सिंहले आफू महाधिवेशन प्रतिनिधिमा पराजित भएको कुरा स्विकार गर्ने कारण नै नरहेको स्पष्ट पारेका छन् । उनले हिजो क्रियाशिल सदस्यता वितरणमा नै धाँधली भएको थियो भन्ने सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले कांग्रेसमा निष्ठावान नेताहरुलाई सिध्याउने काम भैरहेको गुनासो पोखे । उनले पार्टीमा दास प्रवृत्तिलाई बढावा दिने काम भैरहेको पनि आरोप लगाए ।

उनले आफूलाई व्यक्तिगत चिन्ता भन्दापनि कांग्रेसको भविष्यसँग बढि चिन्ता रहेको सुनाए । उनले भने,‘अहिलेको ७० वर्ष कटेका नेताहरुले आफ्नो वर्तमानको लागि कांग्रेसको भविष्य दाउमा लगाईरहेका छन् ।’

उनले आफू पराजित हुनुमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो हस्तक्षेप रहेको सुनाए । सर्लाहीका निर्वाचन अधिकृतले सिडिओको कार्यालयबाट काम सञ्चालन गरिरहेको र यो कांग्रेसको लागि लाजमर्दो भएको गुनासो पोखे । उनले सत्ताको दुरुपयोग गर्नु लोकतन्त्रमा आँफैमा डरलाग्दो कुरा भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्