Logo

प्रदीप ज्ञवालीको टिप्पणी- सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गयो



काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले)का उप-महासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । आज (बिहीबार) एमालेनिकट प्रेस चौतारीद्वाराआयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो।’ उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दावी समेत गरे ।उनले न्यायलयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने भएपनि आज भएको आन्दोलन न्यायालय सुधारमा अन्तरनिहित नभएको बताए ।-Photo By: Mukunda kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्