Logo

एमाले प्रवक्ता ज्ञवालीले भनेः न्यायालयभित्र दुई गुटको टकराव, मर्यादाबाहिर गई मौलिक हकको हनन



काठमाडौं, २३ मंसिर । नेकपा एमालेका उपमहासचिव समेत रहेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल बार एशोशिएसनको आन्दोलनको आलोचना गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउनुपर्ने माग गर्दै भइरहेको गतिविधि मर्यादाभन्दा बाहिरको भएको टिप्पणी समेत गरेका छन् ।

‘मौलिक हकको रक्षा गर्नुपर्नेमा न्यायालय आफैले हनन गरेको छ,’ प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले भने,‘मर्यादाभन्दा बाहिर गएको गतिविधिले न्यायालयलाई सुधार गर्दैन ।’

न्यायालयभित्र दुई गुटको विवाद चलिरहेको ज्ञवालीको टिप्पणी थियो । उनले अहिले भइरहेको हड्ताल र आन्दोलनभित्र न्यायालय सुधारको मूल विषयवस्तु अन्तनिर्हित नभएको बताउ । उनले भने,‘जनताको संवेदनशीलताको अवमूल्यन गरिएको छ ।’

आफ्नो दल सर्वोच्च अदालतबाट सबैभन्दा पीडित भएको तर्क गरे । तर, न्यायालय न्यायालय जस्तो हुनुपर्ने अडानमा रहेको बताए ।-Photo: Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्