Logo

पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव, प्रकाशमान दबाबमा



काठमाडौं, २४ मंसिर। नेपाली कांग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले पार्टी सभापतिमा सर्वसम्मत् रुपमा अब रामचन्द्र पौडेललाई अघि सार्नुपर्ने बताएक ाछन् । यसअघि आफू कुनैपनि हालतमा सभापतिको उम्मेद्धवारबाट ब्याक नहुने बताउँदै आएका निधिले आज भने सर्वसम्मत् सभापतिको लागि वरिष्ठ नेता पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

आज (शुक्रबार) चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई नै सर्वसम्मत् सभापतिको रुपमा अघि सार्नुपर्ने भन्दै उनको नाम प्रस्ताव गरेका हुन् ।

यसअघि सभापतिका प्रत्यासी शेखर कोइरालाले पनि पौडेलको नाममा सहमति भए आफू ब्याक हुने बताईसकेका छन् । अब सभापतिको उम्मेद्धवार प्रकाशमान सिंह दबाबमा परेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्