Logo

कांग्रेस नेता गोविन्द भट्टराईद्धारा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा



मजबुद कांग्रेस, सुदृढ लोकतन्त्र न्यायपुर्ण आर्थिक विकासको लागि भट्टराई को महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको १४औं महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको जनसम्पर्क समितिका संयोजक समेत रहेका भट्टराईले समावेशी खस/आर्य तर्फबाट आजबाट सुरु हुने महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने बताए । नेता भट्टराईले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने पनि जानकारी दिए ।

नेपाल विद्यार्थी संघको पुर्व अध्यक्ष भट्टराईले मजबुद कांग्रेस, सुदृढ लोकतन्त्र न्यायपुर्ण आर्थिक विकासको लागि आफ्नो महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी रहेको बताए । रिपोर्टर्स नेपालसँग कुरा गर्दै निष्ठावान छवि बनाएका नेता भट्टराईले नेपाली कांग्रेसलाई शशक्त रुपले अघि बढाउन आफुले उम्मेदवारी दिने बताए ।

‘राजनीतिमा स्पष्टता, राजनीतिमा पारदर्शिता, आजको आवश्यकता’ भन्ने नारासहित नेता भट्टराई चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसको केन्द्रीय कार्य समितिमा सदस्य भएर काम गर्दै आएका भट्टराईले वैचारीक कांग्रेसको निर्माणको लागि आफुलाई सह–महामन्त्री पदमा मतदान गरेर विजयी गराउँन समेत प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

नेता भट्टराईसँग नेपाल तरुणदलका पुर्व महासचिव तथा नेपाल जनसम्पर्क समिति समन्वय विभाग संयोजक भई लामो समयसम्म काम गरेको लामो अनुभव छ ।

 



प्रतिक्रिया दिनुहोस्