Logo

‘म कुनै पनि हालतमा सभापतिको उम्मेद्वारीबाट ब्याक हुन्नँ’ : प्रकाशमान सिंह (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता तथा १४औं महाधिवेशनमा सभापतिका दाबेदार प्रकाशमान सिंहले आफुले सभापतिको उम्मेद्वारी दिने कुरा निर्वाचनको नतिजापछि नै घोषणा गरिसकेको बताउदै आफुले कुनैपनि हालतमा सभापतिको उम्मेद्वारी नछोड्ने दाबी गरेका छन् ।

हिजो (बिहीबार) राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीमा देखिएका बेथितिलाई थितिमा ल्याउनको लागी आफुले सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।

यस्तै, उनले पार्टीका महाधिवेशन प्रतिनिधिहरुले भोट हाल्दा विवेक प्रयोग गर्नेछन् भन्ने कुरामा आफु ढुक्क रहेको बताए । ‘नेपाली काँग्रेस पार्टीका महाधिवेशन प्रतिनिधिहरुले पदमा रहिरहेर पनि काम नगरेकालाई फेरी भोट हाल्छन् कि काम गर्ने क्षमता भएकालाई चुन्छन् भन्ने कुरा हो’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्