Logo

‘नाइटक्लब’को तस्बिर बाहिरिएपछि फिनल्यान्डकी प्रधानमन्त्री मरिनले मागिन् माफी



एजेन्सी, २४ मङ्सिर। फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन नाइटक्लब गएको तस्बिर बाहिरिएपछि उनले सर्वसाधारणसँग माफी मागेकी छिन् ।

बुधबार राती प्रधानमन्त्री मरिनले दिएको अन्तर्वार्तामा भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम साउथ चाइना मार्निङ पोस्टले लेखेको छ,, “मैले गलत गरेँ । मैले अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने थियो ।”

एक फिनिश गसिप म्यागजिनले एकदमै भीड नाइटक्लबमा उनका तस्बिरहरु सार्वजानिक गरिदिएको थियो । अघिल्लो दिन मात्र उनी सहित अन्य मन्त्रीहरु विदेश मन्त्रीसँग एक बैठकमा सहभागी भएका थिए । तर, ३६ वर्षीया मरिनले कोरोनासँग सम्पर्कमा आइसकेपछि पनि शनिबार राति भीड क्लबमा लामो समय बिताएको आफ्नो फेसबुक पोस्टमा स्वीकारिन् । यसरी तीनवटै मन्त्रीहरु विदेश मन्त्री पेक्का हाभिस्तो सँग बैठकमा सहभागी भएका थिए जो शनिबार कोभिड पोजेटिभ भएका हुन् ।

मरिनका अनुसार उनी एक रेस्टुरेन्टमा हुँदा उनलाई सेक्रेटरीले उक्त कोभिड अवस्थाबारे यसरी जानकारी दिएका थिए, “सबै मन्त्रीहरुले दुईपटक खोप लगाइसकेको हुँदा उनीहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन । ” तर प्रधानमन्त्रीको कार्यालयका अनुसार शनिबार विदेश मन्त्रीलाई कोरोना लाग्नासाथ सबै मन्त्रीहरुलाई कसैसँग सम्पर्कमा नआउन सुझाव दिँदै म्यासेज पठाइएको थियो ।

यसबारे स्पष्टिकरण दिँदै मरिनले आफ्नो फोन घरमै छाडेका कारण उक्त म्यासेज नपाएको बताइन् । उक्त घटनापछि मरिनले दुईपटक कोभिड टेस्ट गराइसकेकी छन् तर नेगेटिभ आएको छ । बाहिर भीडमा गएका अरु दुई मन्त्रीहरुको नतिजा पनि नेगेटिभ आएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्