Logo

कांग्रेस महाधिवेशनको स्टेजमा ओली र प्रचण्डबीच भलाकुसारी (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भलाकुसारी भएको छ ।

अध्यक्ष ओलीले शुभकामना दिँदै गर्दा माईकमा समस्या भएपछि ओली आफू बसेको कुर्सीमा जाने क्रममा अध्यक्ष दाहालसँग भलाकुसारी भएको हो । अध्यक्ष दाहाल कार्यक्रमबाट विदा हुने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीसँग विदा माग्ने क्रममा उनीहरुबीच भलाकुसारी भएको हो । लामो समयपछि आज ओली र दाहालले एउटै मञ्च सेयर गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्