काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धनको संकेत गरेका छन् । उनले काँग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य दिदै काँग्रेससँग अझै साथ साथ रहेको भन्दै त्यस्तो संकेत गरेका हुन् ।
‘हामी साथमा छौं, सत्तापक्ष र प्रतिपक्षमा भएपनि साथमै छौं,’ ओलीले देउवातर्फ हेर्दै भने,‘कसै कसैलाई सरकारबाट हट्नुपर्ला भन्ने चिन्ता होला ।’
ओलीले एमाले एक्लै हिंड्ने रहर नगर्ने बताए । उनले भने,‘एमाले एक्लै हिंड्ने रहर गर्दैन । राष्ट्र निर्माणमा एक भएर जानुपर्छ ।’
काँग्रेस र एमाले इतिहास बोकेको पार्टी भएकाले विगतमा पनि मिलेर गएको र भविष्यमा पनि मिलेर जाने बताए । उनले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री मात्र नभई सरकारको नेता बन्न आग्रह गरे ।