Logo

बोहराटारमा पुनः भेला हुँदै पौडेल समुह



काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्न लागेको छ। जारी महाधिवेशनमा समापतिको उम्मेदवारी दिनेबारे टुंगो लगाउन बोहराटारमा बैठक बस्ने तयारी रहेको स्रोतले जनाएको छ ।

निर्वाचन सिमितिले आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ ।
उम्मेदवार टुंग्याउन शुक्रबार राति पनि बोहराटारमा बैठक बसेको थियो तर उम्मेदवारको टुंगो लाग्न नसकेपछि बैठक आज पुनः बस्नेगरि सकिएको थियो ।

सभापतिमा उम्मेदवारी दाबी गर्दै आएका प्रकाशमान सिंह बैठकबाट उठेर हिडेपछि शुक्रबार रातीको बैठम भाडिएको थियो । पौडेल समुहकै अर्का नेता शेखर कोइरालाले सभापति नछाड्ने अडान लिएपछि उम्मेदवारको टुंगो लाग्नै सकस देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्