Logo

मञ्जु खाँणले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिँदै, प्रचार आक्रामक



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा नेपाल महिला संघकी महासचिव मञ्जु खाँणले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने भएकी छिन् । खाँण पार्टीमा सक्रिय महिला नेतृको रुपमा परिचित छिन् ।

उनले महिला संघमा बसेर महिलाहरुको हकहितको लागि प्रभावकारी भूमिका निर्वाह गरेकी छिन् । उनले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दर्ता गराउने भनेर हिजैदेखि प्रचारप्रसारलाई तिव्रता दिएकी छिन् ।

कांग्रेसमा आज मनोनयन दर्ता हुने कार्यक्रम छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्