Logo

महालक्ष्मी विकास बैंकका ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा छुट पाउने



काठमाडौं, २६ मंसिर । महालक्ष्मी विकास बैंक र लाइफ केयर हेल्थ सेन्टरबीच सहकार्य हुने भएको छ । दुई कम्पनीबिच सहकार्य हुने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा आर्कषक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने छन् । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाबाट जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्