काठमाडौं, २६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाईटेड माथि जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले लिड्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै रोमान्चक जित निकालेको हो ।
खेलको २८ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४२ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।
५८ औं मिनेटमा चेल्सीले पाएको पेनाल्टीको मौकालाई जोर्गिन्होले सदुपयोग गर्दै खेललाई २–१ अवस्थामा पुर्याए ।
खेलको ८३ औं मिनेटमा जोसेप गेल्हार्डले गोल गर्दै लिड्सलाई २–२ को स्थितिमा ल्याएका थिए ।
तर, इन्जुरी समयको अन्तिम मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–२ को जित दिलाए ।
यस जितसँगै चेल्सी ३६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
१६ अंक जोडेको लिड्स १५ औं स्थानमा रहेको छ ।