Logo

अमेरिकामा आँधी, ७० जना भन्दा बढीको मृत्यु, बाइडेनद्वारा आपतकालीन अवस्थाको घोषणा



अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस्तै खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । केन्टकीमा आपतकालीन स्थिति घोषणा समेत गरिसकेको छ ।

भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ ।

आँधीबाट मेफिल्ड शहर नराम्रोसँग प्रभावित भएको छ । सो शहरमा अवस्थित एक मैनबत्ती कारखानामामात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरुले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् ।

बाइडेनद्वारा आपतकालीन अवस्थाको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गरेका हुन् । राष्ट्रपतिको उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्याजोन गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्