Logo

प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवासमै पुगे अर्थमन्त्री शर्मा



काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घरमै गएर दिए जन्मदिनको शुभकामना दिएका छन् । अर्थमन्त्री शर्माले आफ्ना पार्टीका अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर जन्मदिनको शुभकामना दिएका हुन् ।

उनले बुके दिँदै गरेको तस्विरसहित सामाजिक सञ्जालमा शुभकामना सन्देश पनि प्रवाह गरेका छन् । उनले प्रचण्डलाई क्रान्तिको नायकको संज्ञा पनि दिएका छन् । शर्माले लेखेका छन्–”गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क्रान्तिका नायक क. प्रचण्ड लाई जन्मदिनको लाखौं लाख शुभकामना।”



प्रतिक्रिया दिनुहोस्