Logo

शेखर-गगन टिमबाट केन्द्रीय सदस्यका उम्मेद्धवार सुवासकुमार पोखरेल युवाहरुमाँझ लोकप्रिय



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता सुवासकुमार पोखरेलले पार्टीको जार ि१४औं महाधिवेशनमा शेखर कोइराल गगनकुमार थापा टिमबाट केन्द्रीय सदस्यमा (खुल्ला) मा उम्मेद्धवारी दिएका छन् । पोखरेल कांग्रेसमा युवाहरुमाँझ लोकप्रिय मानिन्छन् ।

उनी २०४९ सालमै खोटाङको जिल्ला सचिव भएका थिए । त्यस्तै, २०५३ देखि हालसम्म महाधिवेशन(महासमिती प्रतिनिधि रहेका छन् । र, खोटाङको जिल्ला सभापति पनि भैसकेका छन् । उनले २०६४ सालको संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा उम्मेद्धवारी दिएका थिए ।

त्यस्तै, २०७४ मा प्रदेश ुकु बाट उम्मेद्धवार भएका थिए । पार्टीको संगठन निर्माणमा पोखरेलले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनले अब सवल र सुदृढ कांग्रेस बनाउनको लागि पनि आफू पार्टीको नेतृत्वदायी भूमिकामा पुग्न चाहेको बताए । र, देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई आफूलाई अत्यधिक बहमुत दिएर जिताउनपनि पोखरेलको अपिल छ ।



प्रतिक्रिया दिनुहोस्