Logo

दक्षिण अफ्रिकाका राष्ट्रपति कोरोना संक्रमित



एजेन्सी, २७ मङ्सिर। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोरोना संक्रमण भएको छ । उनमा संक्रमणको मध्यम लक्षण देखिएको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख गरेको सञ्चारमाध्यमहरुले जनाएको छ । अहिले उनको उपचार भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति रामाफोसामा आइतबार संक्रमण पुष्टि भएको हो। उनले आउँदो हप्तासम्मका लागि उपराष्ट्रपति डेविड माबुजालाई राष्ट्रपतीय अधिकार प्रदान गरेका छन्। अहिले विश्वका विभिन्न क्षेत्रमा फैलिरहेको र चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो। त्यहाँ महामारीको चौथो लहर फैलिएको छ। देशका २५ प्रतिशतले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्