Logo

डच खेलाडी म्याक्स वेर्स्टाफेनलाई पहिलो फर्मुला वानको उपाधि



एजेन्सी, २७ मङ्सिर। डच खेलाडी म्याक्स वेर्स्टाफेनले आफ्नो करिअरको पहिलो फर्मुला वानको उपाधि उचालेका छन् । उनले शनिवार सम्पन्न दुबई ग्राण्ड प्रिक्समा वेलायती स्टार खेलाडी लुविस ह्यामिल्टनलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

याेसँगै २४ वर्षीय वेर्स्टाफेन ग्रान्ड प्रिक्स जित्ने युवा खेलाडीकाे सूचीमा चाैथाे स्थानमा कायम रहे । रेसनिकै रोमान्चक रह्यो। रेसको अन्तिम समयमा रेडबुलका ड्राइभर वेर्स्टाफेनले मर्सिडिजका ड्राइभर ह्यामिल्टनलाई २.२५६ सेकेन्डेले पछि पारे पार्दै उपाधि उचालेका थिए। वेर्स्टाफेनले निर्धारित दुरी १ घण्टा ३० मिनेट १७.३४५ सेकेण्डमा पूरा गर्दा ह्यामिल्टानले १ घण्टा ३० मिनेट १९.६०१ सेकेण्ड लगाए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्