Logo

रामचन्द्र पौडेल र सशांक कोइरालाबाट तलमाथि हुँदैनः मीनेन्द्र रिजाल



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका महामन्त्रीका उम्मेदवार डा. मीनेन्द्र रिजालले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला तटस्थ नरहेको तर्क गरेका छन् । उनले दुवै नेताको समर्थन आफ्नो समूहलाई रहेको दाबी गरेका छन् ।

‘रामचन्द्र पौडेल तटस्थ हुनुहुन्न, उहाँको एजेन्डा छ ,’ रिजालले प्राइम टाइम्स टेलिभिजनमा भने,‘सशांक कोइराको साथ पनि हामीलाई नै छ ।’

काँग्रेसमा नेतृत्व परिवर्तन नै एजेन्डा रहेको बताए । नेतृत्व परिवर्तन भएपछि शेरबहादुर देउवा चुनावसम्म प्रधानमन्त्री बन्ने बताए ।



प्रतिक्रिया दिनुहोस्