Logo

मतदान गरेर बाहिरिए प्रधानमन्त्री देउवा (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ३ घन्टापछि मतदान सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर बाहिरिएका छन् । उनी सभापतिका उम्मेदवार समेत हुन् । देउवासँगै अन्य ४ जना सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिहान ८ बजेदेखि मतदान सुरु गरिने भनिए पनि ३ घन्टापछि मात्र मतदान सुरु भएको थियो । महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन् । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।

Photo:Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्