Logo

काँग्रेस सभापतिका उम्मेदवारहरुमा छटपटी



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा मतदान ढिलो गरी भइरहेको छ । मतदानको गति हेर्दा रातभर लाग्ने देखिएको छ ।

निर्धारित समयभन्दा ३ घन्टा ढिलो गरी सुरु भएको मतदान ३३ प्रतिशत सकिएको छ । अहिलेको गति हेर्दा अझै कम्तिमा १० घन्टा समय लाग्ने देखिन्छ । भोलि विहानमात्र मतदान सकिने अवस्था छ ।

मतदानमा समय लागिरहँदा उम्मेदवारहरुमा छटपटाहट देखिएको छ । उनीहरु निरन्तर मत मागिरहेका छन् ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थलमा पुगेका छन् । उनलाई पहिलो चरणमा चुनाव जितिने हो वा होइन भन्ने पिरलो परेको छ ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङ मत मागिरहेका देखिन्छन् ।

उपसभापतिका उम्मेदवार सुजाता कोइराला, विजयकुमार गच्छेदार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी र धनराज गुरुङ उत्तिकै सक्रिय छन् ।

महामन्त्रीका उम्मेदवारहरु विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गगन थापा, डा. मिनेन्द्र रिजाल र डा. प्रकाशशरण महत पनि खटिइरहेका छन् । उनीहरुमा छटपटाहट देखिन्छ ।

सहमहामन्त्री, केन्द्रीय सदस्यका उम्मेदवारहरु पनि मत मागिरहेका छन् । सबै जितको आशामा सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्