काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो पटक भृकुटीमण्डपस्थित नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदान क्षेत्रमा पुगेका छन् । उनी त्यहाँ पुगेर मत मागिरहेका छन् ।
देउवा त्यहाँ पुगेपछि कार्यकर्ताले भेटघाट गरेका छन् । उनका समर्थकहरु सेल्फी खिच्न पुगेका छन् ।
देउवालाई सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । देउवासँग पत्रकारहरुले पटक पटक प्रश्न सोधेका छन् । तर, उनले खासै जवाफ दिन मानेका छैनन् ।
तपाईं पहिलो चरणमा जित्नुहुन्छ भन्ने प्रश्नमा भने,‘जित्ने हो ।’
देउवा पटक पटक मतदानस्थलमा पुगेबाट चुनाव निकै प्रतिष्पर्धात्मक र रोचक भएको बुझ्न सकिन्छ । देउवा पहिलो चरणमा जित्न नसके दोस्रो चरण कठिन र रोचक हुने आँकलन गरिरहेका छन् ।