Logo

कांग्रेस महाधिवेशन : निर्वाचन राति १०ः३० बजेसम्म कायम गरियो



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत अहिले नयाँ नेतृत्व चयन गर्नको लागि मतदान भैरहेको छ । निर्वाचन समितिले मतदानको लागि साँढे १० बजेसम्म समय तोकेको छ। विहान ८ बजेदेखि मतदान हुने भनिएको थियो ।

तर, प्राविधिक तयारी नभएको कारण मतदान अपरान्ह १२ बजेबाट मात्रै सुरु भएको थियो । पटक पटक मतदान स्थगित गरिएको छ । मतपत्रको अभावको कारण मतदान स्थगित् गरिएको थियो । मतदानमा सहभागी महाधिवेशन प्रतिनिधिहरु भने पीडा र आक्रोशमा छन् ।

उनीहरुले २१औं शताब्दीमा पनि आफ्नो पार्टीले प्रविधिको सही सदुपयोग गर्न नसकेको गुनासो पोखेका छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मतदानको समय अहिले राति १०ः३० बजेसम्म तोकिएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्