Logo

एमाले महासचिव पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री चेन चाओको भिडियो वार्ता



काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भिडियो वार्ता गरेका छन् ।

उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टी बीचका अन्तर सम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त गरे । महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए ।

उपमन्त्री चाओले यही मङ्सिर २८ गते नेपालमा संसद् बस्न लागेको र बैठकमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्नका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्