Logo

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा सुजाता कोइराला निर्णायक, रामचन्द्रदेखि सिटौलासम्म पुगे निवासमा



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिको लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ। अब शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुने भएको छ।

पहिलो चरणमा देउवाले २२५८ र शेखरले १७२९ मत ल्याएका थिए । त्यस्तै, प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत ल्याएका छन् । उता, कल्याणकुमार गुरुङले २० मत ल्याएका थिए ।

अब दोस्रो चरणको निर्वाचनमा देउवा र कोइराला दुवैलाई सिंह र निधिको सहयोग आवश्यक छ । देउवाले आफूनिकट नेताहरुलाई सिंहलाई भेट्न पठाईसकेका छन् । त्यसको लागि आज विहानै गृहमन्त्रीसमेत रहेको देउवाका विश्वासपात्र बालकृष्ण खाँण पुगेका थिए। उक्त भेटमा खाँणले दोस्रो चरणमा देउवालाई सघाउनको लागि सिंहसँग आग्रह गरेका थिए ।

तर, सिंहले भने आफ्नो टिममा सल्लाह गरेर नै निर्णयमा पुग्ने सुनाएका थिए । उता, सिंहकै प्यानलमा उपसभापतिमा उम्मेद्धवार रहेकी सुजाता कोइरालाको निवासमा पनि ठूलो भीड लागेको छ। कोइरालालाई भेट्न शेखर कोइराला पुगिसकेका छन् ।

उनले आफूलाई सघाउन सुजातासँग आग्रह गरेकी हुन् । शेखरलगात्तै सुजातालाई भेट्न कृष्णप्रसाद सिटौला पनि पुगेको बताईएको छ । सुजाताले भने दोस्रो चरणको निर्वाचनमा कसलाई सघाउने भन्नेबारे अहिले नै निर्णय नगरेको भन्दै सिंहसँग सल्लाह गरेर नै निर्णयमा पुग्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्