Logo

कोइराला परिवारले मेरो अस्तित्व स्विकार गरेन, दोस्रो चरणमा मेरो सहयोग शेरबहादुरजीलाई रहन्छ : सिंह



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको निर्वाचनमा कसैले पनि बहुमत नल्याएपछि सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुँदैछ । दोस्रो चरणमा सभापतिको लागि शेरबहादुर देउवा र प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुँदैछ । दोस्रो चरणमा प्रकाशमान सिंहले देउवालाई सघाउने घोषणा गरेका छन् ।

आज विहान सार्वजनिक भएको परीणामअनुसार देउवाले २२५८, शेखरले १७२९, प्रकाशमानले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याणकुमार गुरुङले २० मत प्राप्त गरेका थिए । देउवालाई दोस्रो चरणमा जितको लागि सिंह वा निधिमध्ये एकको सहयोगको आवश्यकत्ता छ । देउवा दोस्रो चरणमा आफूलाई सघाउनको लागि आग्रह गर्दै आज सिंह निवास पुगेका थिए। उक्त भेटवार्तापछि सिंहले आफूले देउवालाई नै सघाउने घोषणा गरेका छन् ।

सिंहले आफूलाई कोइराला परिवारले अपमानमात्रै गरेको गुनासो पोखेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘मलाई कोइराला परिवजारले अपजानमन व्यवहार गरेको छ, मेरो अस्तित्व स्विकार नै गरेनन । त्यसैले मैले अब हुने दोस्रो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुरजीलाई सहयोग गर्ने निधो गरेको छु ।’ उनले उक्त निर्णय आफ्नो राजनीतिक सिद्धान्तबाट प्रेरिरत भएको पनि सुनाए ।

https://www.facebook.com/503552328/videos/1371339143316737



प्रतिक्रिया दिनुहोस्