काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुँदैछ । दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ। दोस्रो चरणको निर्वाचन हुनु अघि नै सभापितका उम्मेद्धवार देउवाको दौडधुप बढेको छ । देउवाले यसअघि प्रकाशमान सिंहसँग भेटवार्ता गरिसकेका छन् । उनले सिंहको समर्थन पाईसकेका छन् ।
सिंह भेटेर निस्किएका देउवा त्यसलगत्तै विमलेन्द्र निधिलाई भेट्न उनकै निवास पुगेका छन् । आज विहान सार्वजनिक भएको सभापतिको निर्वाचनको मतपरीणामअनुसार देउवाले २२५८, शेखरले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २० मत ल्याएका थिए । अब दोस्रो चरणमा देउवा र शेखरबीच सभापति पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन आज अपरान्ह साँढे ३ बजेदेखि मतदान हुने भनिसकेको छ ।