काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गरेपछि नेता प्रकाशमान सिंहले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले हिजो भएको निर्वाचनको नतिजा अनुसार महाधिवेशन प्रतिनिधिहरुको देउवालाई नै समर्थन देखेपछि आफुले समर्थन गरेको बताए ।
उनले भने,‘हिजो भएको निर्वाचनको नतिजा अनुसार महाधिवेशन प्रतिनिधिहरुको देउवालाई नै समर्थन देखे । महाधिवेशन प्रतिनिधिहरुले देउवालाई नै अत्यधिक मत दिएर पुनः नेतृत्वमा दोहोर्याउने खोजेको प्रष्ट भएपछि मैले पनि समर्थन गरेको हुँ ।’
१३औं महाधिवेशन पछि नयाँ नेतृत्व परिवर्तन गर्नुपर्छ मुद्दा बोक्दै आफु आएको बताउँदै उनले कांग्रेस डेमोक्रेटिक पार्टी हो डेमोक्रेटिक एक्सरसाइज हुँदा खेरी रिजल्टलाई मान्न पर्ने उनले बताए । रिजल्टलाई आधार मानेर, देउवा आफै आएर तपाईले उठाउँदै आएको मुद्धाहरु पार्टीलाई व्यवस्थित गर्ने, सुधार ल्याउने, पार्टीलाई सुचारु गर्न र आवश्यक परे विधानहरुलाई संशोधन गर्नेमा देउवाले सहमति जनाएको नेता सिंहले बताए ।
मैले उठाउदै आएको नेतृत्व परिवर्तनको विषयमा अहिले आएको म्यान्डेटलाई तपाईको साथ भएमा अझै प्लस हुने भन्दै देउवाले समर्थन गर्न आग्रह गरेपछि आफुले आग्रहलाई स्विकार गरेको उनले जिकिर गरे ।
https://www.facebook.com/primetimestvnepal/videos/628886305127357