Logo

अवैध लागूऔषधसहित पक्राउ



सर्लाही, २८ मङ्सिर । गोडैता नगरपालिका-१२ मधुवनी गाउँबाट ९ सय एम्पुल नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित रामनगर गाउँपालिका-५ बस्ने २९ वर्षीय राजेश कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३-०२-०३१ प २७८१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-१ स्थित जिल्ला कारागार कैलालीमा रहेको लागूऔषध मुद्दाका बन्दीलाई भेट्न आएको अवस्थामा उनलाई कारागार गेटमा प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने बागलुङ बाडिगाड गाउँपालिका-३ घर भएका २७ वर्षीय रमेश घर्ति मगरलाई २ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्