Logo

कांग्रेस सभापतिमा दोस्रो चरणको निर्वाचन हुँदै, महाधिवेशन प्रतिनिधिहरु लाईनमा (फोटोफिचर)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिको चयनको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। दोस्रो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्ने भएका छन् । त्यसको लागि अहिले ३ः३० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । तर, शेखर कोइरालाले भने महाधिवेशन प्रतिनिधिहरुलाई कुनै गुट, उपगुट नहेरी आफ्नो अन्तरमनलाई सुनेर मत दिन र विवेक प्रयोग गर्न अपिल गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्