Logo

विमलेन्द्र निधिको विज्ञप्ती : सभापतिमा देउवाजीलाई अमूल्य मत प्रदान गर्न अनुरोध गर्दछु



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको जारी १४औं महाधिवेशनमा सभापतिको लागि आज हुने दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई मत प्रदान गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गरेका छन् । मतदान हुनुभन्दा केहीअघिमात्रै विज्ञप्ती जारी गर्दै निधिले यस्तो बताएका हुन् । यसअघि उनले आफूलाई सभापतिको पहिलो चरणको निर्वाचनमा मत दिने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।

उनको विज्ञप्ती यस्तो छ :

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि हिजो मिति २०७८ मंसिर २७ गते काठमाण्डौँमा भएको निर्वाचनमा मलाई साथ दिने साथीहरु र मलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु। सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्विकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु।
पहिलो चरणको निर्वाचनमा मलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुलाई दोस्रो चरणको मतदानमा सभापति पदमा शेरबहादुर देउवाजीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुलाई अनुरोध गर्दछु। धन्यवाद।
जय नेपाल !
तपाईहरुको साथी,
विमलेन्द्र निधि


प्रतिक्रिया दिनुहोस्