Logo

पुरानो लयमा फकिृयो शेयर बजार, आज १ अर्ब बढीको कारोबार



काठमाडौं, २८ मंसिर । साताको कारोबारको तेस्रो दिन आज शेयर बजार उच्च अंकले बृद्धि भएको छ । नेप्सेमा आज हरियाली छाएको छ । नेप्से आज १३७ दशमलव १८ अंकले बृद्धि भएर २४ सय १८ दशमलव ८४ विन्दुमा रोकिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २२ दशमलव ७२ अंकले बढेर ४६० दशमलव ३० विन्दुमा पुगेको छ ।

नेप्सेमा मंगलबार २ सय २० कम्पनीको २९ हजार ६४ पटक कारोबार भएर १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १ सय ४४ रुपैयाँ बराबरको ४० लाख ८५ हजार ९ सय ५६ कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्