Logo

भाग्यमानी देउवा



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री बने । उनी जतिपटक प्रधानमन्त्री बने त्यसमा भाग्यले निकै साथ दियो ।

देउवालाई यसपटक पनि भाग्यले निकै साथ दियो । काँग्रेस सभापतिको प्रतिष्पर्धामा पहिलो चरणमा जित हासिल नगरेपछि दोस्रोमा जाँदा देशको राजनीतिमा ठूलो योगदान गरेका युगपुरुषका सन्तानले साथ दिएका छन् ।

देउवालाई साथ दिनेमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला, महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र निधि र सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा छन् । वीपी कोइरालापुत्र सशांक कोइराला तटस्थ बसेका छन् । उनी आफ्नै परिवारका सशांक कोइरालाको पक्षमा खुलेनन् ।

राजनीतिक जीवनमा देउवाका लागि यो ठूलो उपलब्धि हो । विरासतको राजनीतिभन्दा बाहिरबाट आएका देउवाले राजनीतिक पृष्ठभूमिको परिवारबाट आएकाहरुको एकैपटक साथ पाए । यो राजनीतिमा विरलै हुने घटना हो ।

८० को नजिक पुगेका देउवाले दोस्रो चरणको चुनाव अघि प्रकाशमान सिंहसँग नेतृत्व विकासबारे सहमति गरेको बुझिएको छ । उनले निधिलाई पनि सहमतिमा ल्याउन सके । यो घटनाले नेपाली काँग्रेसको राजनीतिमा दूरगामी असर पर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्