Logo

कांग्रेसले क्षमतावान सभापति पाएको छः गृहमन्त्री खाण



काठमाडौं, मंसिर २९ । गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति भएको बताएका छन् ।

बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता अनुसार नै सुदृढ, क्रियाशील, गतिशील र सङ्गठित भएर अघि बढ्ने उनले बताए ।

उनले भने, “उहाँ (देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।”



प्रतिक्रिया दिनुहोस्