Logo

निरन्तर संसद अवरोधले समृद्व मुलुक बन्दैनः पौडेल



काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले निरन्तर संसद अवरोधले मुलुक अस्थिरतातर्फ जाने बताएका छन् ।

एमालेले माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै अवरोध गरिरहेकाबेला पूर्वसभामुखसमेत रहेका पौडेलको यस्तो भनाइ आएको हो ।

‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले अध्यक्ष केपी शर्मा ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतिका सामु समपर्ण गरेको ठहर्नेछ ।’

देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भइरहेको बताउँदै उनले समावेशी संसदीय प्रणालीनै सिध्याउन खोजिएको दाबी गरेका छन् ।`



प्रतिक्रिया दिनुहोस्